2026-07-01 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको वैठकमा सांसदहरुले नेपाल हवाई दुर्घटनामा उच्च जोखिमा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार सचेत हुनुपर्नेमा जोड दिनुभएको हो ।
सांसद कृष्णबहादुर रोकायाले हवाई क्षेत्रको प्राविधिक तथा नीतिगत सुधारका निम्ति सरकार गम्भीर हुुनुपर्नेमा जोड दिनुभयो । छिमेकी देश भारतमा बिहीबार भएको हवाई दुर्घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँले नेपालमा हवाई दुर्घटना कम गर्न योजना बजाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म १०८ वटा विमान दुर्घटना भएका रहेछन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्, हाम्रो प्राविधिक, नीतिगत तथा भू–राजनीतिक कमीकमजोरीकै कारण युरोपेली युनियनले सन् २०१३ देखि नेपाल एयरलाइन्सलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ, हवाई क्षेत्रमा देखिएका सबै समस्या सुधार गर्न सरकारसँग आग्रह गर्छु ।”
सांसद घनश्याम रिजालले समाचार लेखेकै भरमा पत्रकार दीलभूषण पाठकलाई साइबर कानुन लगाउनु संविधानविपरीत भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “यही जेठ २८ गते बुधबार अदालतले नै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छ, तर प्रेस स्वतन्त्रताविपरीत छ, संविधानविपरीत छ ।”
यही जेठ २७ गते मङ्गलबार काठमाडौँ जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकमलाई समाचार हटाउन र त्यस्ता समाचार नलेख्न अल्पकालीन आदेश दिएकोप्रति पनि आपत्ति जनाउनुभयो ।
सांसद बलदेव बोहराले प्रतिनिधिसभालाई मर्यादित बनाउँदै दैनिक कार्यसूचीमा फर्कनका लागि सहयोग गर्न प्रतिपक्ष दलसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ