2026-07-25 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि हो । प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरेका छौँ । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि अरू के चाहियो, यसबाट अत्यन्त खुसी र हर्षित हुन पाएको छु । यसले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको छ ।”
उहाँले सामाखुसीस्थित सिटीस्क्वायर मलमा रहेको क्युएफएक्स चलचित्र भवनमा सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने बताउनुभयो । कप्तान सुब्बाको जीवनीमा आधारित सो चलचित्रमा  मिलन चाम्सले निर्देशन गर्नुभएको हो । यसैगरी, कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
“चलचित्र सफल भइसकेको छ, तर पनि प्रेरणादायी चलचित्र हेर्न चाहनेका लागि यो ‘अफर’ ल्याइएको हो । यसले हाम्रो सय दिन पूरा हुने उत्सव मनाएको आभाष गराउँछ”, उहाँले भन्नुभयो ।
गत वर्ष फागुन २९ मा प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ ले घरेलु ‘बक्सअफिस’मा रु १० करोडको व्यापार (ग्रस कलेक्सन) गरेको वितरक श्रेष्ठले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ