२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो

२०८२, ३१ जेष्ठ शुक्रबार १६:३१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पछिल्ला वैदेशिक भ्रमण र त्यस अवसरमा भएका उच्चस्तरीय भेटवार्ता, सम्झौता र समझदारीलगायतका समसामयिक विषयहरूमा संसदीय समितिलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा उहाँले संविधान, परराष्ट्र नीति, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र नीति सञ्चालनका मार्गदर्शक सिद्धान्त, उद्देश्यलाई आत्मसात् गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री राणाले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकका हकहित संरक्षणलगायत समग्र राष्ट्रियहितको प्रवद्र्धन गर्ने गरी परराष्ट्र मन्त्रालयबाट काम भइरहेको छ ।”

त्यस अवसरमा प्रधानमन्त्रीको पछिल्लो थाइल्याण्ड भ्रमण, बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा नेपालका सहभागिता र त्यसअवसरमा भएका द्विपक्षीय वार्ता र संवाद तथा सम्झौताका विषयमा जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री राणाले यसबीचमा विदेशबाट नेपालमा भएका महत्वपूर्ण भ्रमण, द्विपक्षीय, बहुपक्षीय सम्बन्ध, बैठक र सहमाति तथा परराष्ट्र मन्त्रालयबाट भएका प्रशासनिक र अन्य गतिविधि, डायसपोरा, कामदारको हितसंरक्षण, सेवाप्रवाह एवं सुधारसहितका नियमित कामबारे पनि समितिलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले चौथो अन्तरराष्ट्रिय उच्चस्तरीय विकासका लागि वित्तीय सम्मेलनलाई गर्नुभएको भर्चुअल सम्बोधन तथा एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मञ्चको ८१औँ सत्रमा नेपालको सहभागिताकाबारे पनि उहाँले जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री राणाले आफ्नो मानव अधिकार परिषद्को ५८औँ सत्रमा भएको सहभागिता, राइसिना संवाद, आठौँ इन्डियन ओसन सम्मेलनमा सहभागिता र ओमानको औपचारिक भ्रमण, जापान भ्रमण, सगरमाथा संवादको सफल आयोजनाका अवसरमा भएका वार्ता र उठाइएका विषयबस्तुबारे विस्तृतरुपमा पनि जानकारी गराउनुभएको थियो ।

गत पुसदेखि चैत मसान्तसम्म राहदानी विभागबाट कूल चार लाख ५७ हजार १६८ थान राहदानी जारी भएको तथा यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएका जानकार दिइयो ।

सोही अवधिमा कन्सुलर सेवा विभागबाट दुई लाख ४८ हजार ५६७ कागजात प्रमाणीकरण भएको जानकारी दिइयो । विदेशमा अलपत्र परेका, समस्यामा परेका, हराएका एवं मृत्यु भएका नेपाली नागरिक र क्षतिपूर्तिसम्बन्धी दर्जनौँ काम नियमित भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यसअघि समिति सदस्यहरु प्रभु साह, शिशिर खनाल, भीमप्रसाद आचार्य, सुनिता बराल, प्रेम सुवाल, गङ्गाराम चौधरीलगायतले उच्चस्तरीय भ्रमण र सगरमाथा संवादबाट नेपालले प्रत्यक्ष रुपमा नेपालले प्राप्त गरेको लाभका विषय केके हुन भनी जानकारी माग गर्नुभएको थियो ।

उहाँहरुले परराष्ट्र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवालाई सरल बनाइनुपर्ने, नेपालले छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न विशेष ध्यान पु¥याउनपर्ने, विदेशस्थित नियोगमा खटिएको कर्मचारीको कार्यसम्पादनको अनुगमन गर्ने व्यवस्था मिलाइनुपर्नेलगायत सुझाव प्रस्तुत गर्नुभयो ।

सभापति राजकिशोर यादवले वैदेशिक कूटनीतिक तरलताको अवस्थामा उच्चस्तरीय भ्रमणका विषयवस्तु समितिलाई पूर्वजानकारी गराउने र समितिबाट आवश्यक सुझाव सङ्कलन गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु