2026-07-29 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख

काठमाडौँ । कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राखिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका सांसदले उठेर नाराबाजी गर्दागर्दै पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेका हुन्।

बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले मानव तस्कर मुर्दाबाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइरहेका थिए। उनीहरूले होहल्ला गर्दा पनि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्न दिएका हुन्।

भिसिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गृहमन्त्री लेखकले गरे। उनले छानबिन प्रक्रियामा सघाउन आफूले सक्दो सहयोग गर्ने पनि बताए। उनले आफूमाथि मानव तस्करीको आरोप लगाएर राजनीतिक चरित्रहत्या गर्न खोजेको पनि बताए।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३५ मा बैठक कक्षभित्र अव्यवस्था भएमा वा हुन लागेमा वा बैठक नियमित रूपले सञ्चालन गर्न बाधा पर्ने देखिएमा सभामुखले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मको लागि बैठक स्थगित गर्न सक्नेछ।

सभामुखले गरेको त्यस्तो स्थगनमाथि कुनै सदस्यले प्रश्न उठाउन पाउनेछैन भन्ने व्यवस्था छ।

यसअघि शुक्रबार नै सत्ताधारी दल नेकपा एमाले र कांग्रेस तथा माओवादीबीच बैठक सञ्चालनका विषयमा दुईबुँदे सहमति भएको थियो। उक्त सहमतिमा प्रतिपक्षी माओवादी, एकीकृत समाजवादी, आमजनता पार्टीले सहमति जनाए पनि रास्वपा र राप्रपाले विरोध जनाएका छन्। सहमतिमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे र उनीमाथिको छानबिनबारे केही उल्लेख छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम