२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

१ असार २०८२, आईतवार १४:३५

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीबृज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले हिजो पुलको केही भाग जडानका क्रममा भाँचिदा तीन जना मजदुरको ज्यान गएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभयो । उहाँले त्यहाँ अर्को बेलिबृज जडान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

हेवाखोलामा पुल नहुँदा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सहज रूपमा आउजाउ गर्न कठिन भएको बताउँदै सांसद भट्टराईले भन्नुभयो, “अघिल्लो वर्ष बाढीले हेवाखोलाको निर्माणाधीन बेलीबृज भत्काएको थियो । सरकारले तीव्र गतिमा त्यसमा काम गरिरहँदा हिजो भाँचियो । पुल नहुँदा ताप्लेजुङमा निर्माणधीन जलवविद्युत् आयोजनाका निर्माण सामग्री, दैनिक उपभोग्यवस्तुको ढुवानी प्रभावित भएको छ । पर्यटक र बिरामीलाई समस्या भएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले इजराइल–इरान युद्धका कारण जोखिममा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले इजराइलमा रहेका सात हजार नेपालीको सुरक्षाका लागि तत्काल कूटनीतिक प्रयास थाल्नुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले सर्लाही क्षेत्र नं १ को निर्वाचन रणनीतिक सडकको लालबन्दीदेखि मलङ्गवा जोड्ने पुल अलपत्र भएकाले त्यसमा ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद नागिना यादवले सदन अवरोध हुँदा जनताका समस्या सदनमा राख्न समस्या भइरहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ठाकुरप्रसाद गैरेले पाल्पाको रम्भा गाउँपालिका– ३ रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बाबारे चर्चा गर्दै उच्च भेगमा पाइने जडीबुटीको खोज अनुसन्धान एवं प्रयोगबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य