2026-07-02 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विरोधकाबीच संसद् सञ्चालन नगर्न सांसदद्वारा सभामुखसमक्ष आग्रह

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोधका बीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रतिपक्ष दलले विरोध गरेको अवस्थामा सदन सञ्चालन गर्नु सोभनीय नभएको उल्लेख गर्दै संसद नचालाउन अनुरोध गर्नुभयो ।
“भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही हुनुपर्छ भन्ने मागमा सबैले साथ दिनुहोस्”, उहाँले भन्नुभयो, “यसरी संसद् चलाउनु, यो संसदीय अभ्यास हैन, यस्तो अवस्थामा संसद् नचलाइयोस् ।”

अर्का सांसद अमरेशकुमार सिंहले पनि नाराबाजीका बीच आफूले बोल्न नसक्ने सभामुखलाई जानकारी गराउनुभयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले पाँचथर जिल्लाको हेवा खोलामा निर्माणधीन ‘बेलिब्रिज’ भत्किँदा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै सो घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको समान्य छलफल प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो । सांसद पाण्डेले रास्वपाको नाराबाजीका बीच सभा सञ्चालन गर्दा प्रभावकारी नहुने बताउनुभयो ।

“मन्त्रीज्यूले बजेटका सन्दर्भमा संशोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा जानकारी गराउँदै हुनुहुन्छ । प्रतिपक्ष दलमध्ये एउटा दल नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीले भन्नुभएको कुराहरु हामी सुनिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “सभा सञ्चालनको तरिका भएन । बैठक स्थगित गरेर, अवरोध गर्ने दलसँग सहमति गरी एउटा टुङ्गो पुगेर बैठक अघि बढाउनुहोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध