२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

३ असार २०८२, मंगलवार १३:३१

काठमाडौँ | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्ययोजना बनाई अघि बढेको बताउनुभएको छ ।

सहास नेपाल, युथ एलान्स फर इन्भाइरोन्मेन्ट, क्रिडाकलगायत संस्थाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटनमा उहाँले संवादको ‘२५ बुँदे सगरमाथा आह्वान’ कार्यान्वयन गर्न सबैसँग समन्वय गरी अघि बढेको जानकारी दिनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “नेपाल जलवायुबाट बढी प्रभावित मुलुक हो, त्यसमा पनि महिला, बालबालिका, आदिवासी÷जनजाति, दलित, लोपोन्मुख समुदाय बढी प्रभावित छन् । त्यस्ता समुदायको आवाज अझ मुखरित गर्न संवादमार्फत सफल भएका छौँ ।”

कार्यक्रममा राष्ट्रियसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति ठाकुरप्रसाद गैरेले संवादमार्फत नेपालले जलवायुले हिमालमा पारेको असर विश्वसामु ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न संवादबाट उद्घोष हुनु नै ठूलो सन्देश भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसचिव मधुकुमार मरासिनीले प्रमुख मन्तव्य प्रस्तुत गर्दै हिमाल हाम्रो पहिचान र सभ्यता भएकाले यसको संरक्षणमा लाग्नु सबैको कर्तत्व भएको बताउनुभयो । सहास नेपालका कार्यकारी निर्देशक डा सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादका निष्कर्षलाई नीतिमा आबद्ध गर्न र साझा धारणा बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ