2026-08-24 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउनेबारे मन्त्रिपरिषदमा छलफल

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानबारे मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।

विधेयकको प्रारम्भिक मस्यौदामा कुलिङ पिरियड समावेश गरिएको भए पनि यसबारे वैकल्पिक दृष्टिकोणबाट छलफल गरिएको हो।

विधेयकमा राखिएको प्रावधानअनुसार, अवकाश प्राप्त वा राजीनामा दिएका कर्मचारीहरूले दुई वर्षभित्र संवैधानिक निकाय वा कूटनीतिक सेवामा नियुक्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको थियो। तर पछिल्लो समय केही कर्मचारी समूहबाट यो व्यवस्था पुनर्विचार हुनुपर्ने आवाज उठाइएको छ।

यही सन्दर्भमा, मुख्यसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरूले सभामुखसँग भेट गरी कुलिङ पिरियड हटाउन माग गरेका थिए।

यसअघि, राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको सहमतिमा विधेयकलाई संशोधन गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको छ। समितिका सभापति रामहरि खतिवडाले १ असारमा प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्दै विधेयकमा कुलिङ पिरियडसहितका प्रावधानको जानकारी गराएका थिए।

हाल, संसदमा अवरोधको अवस्था रहेका कारण विधेयक तत्काल कार्यसूचीमा नराखी अगाडि नबढाउने विकल्पबारे समेत छलफल भएको छ। सत्तापक्षबाट संशोधन प्रस्ताव दर्ता गरी संसदमै प्रावधान संशोधन गर्ने वा राष्ट्रिय सभामा लगेपछि आवश्यक संशोधन गर्ने विकल्पहरू पनि विचाराधीन छन्।

सत्तारूढ दलका नेताहरूले यस विषयमा मन्त्रिपरिषद्मा व्यापक छलफल भएको पुष्टि गरेका छन्। निजामती सेवा सम्बन्धी यो विधेयक हालको राजनीतिक र प्रशासनिक प्राथमिकताको केन्द्रमा रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन