२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्छ भन्दै काठमाडौँमा प्रदर्शन

४ असार २०८२, बुधबार १३:३९

इजरायल–इरान युद्ध अन्त्यको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले बुधबार काठमाडौंस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावासअगाडि प्रदर्शन गरेको हो ।

समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावासअगाडि आधा घण्टा र इरानी वाणिज्य दूतावासअगाडि पनि आधा घण्टा प्रदर्शन गरिएको जानकारी दिइन् । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन् ।

“संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ । इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ,” उनले भनिन् ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानव अधिकारलाई सम्मान गर्नुपर्ने बताए । उनले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताए । उनले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहित शक्तिशाली राष्ट्रहरू निरीह देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ