काठमाडौँ । प्रतिनिधिसभामा आउँदो असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
संघीय संसद सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदन कार्यतालिकामा सो दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको उल्लेख छ।
प्रतिनिधिसभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ। सांसदहरूले विभिन्न समसामयिक र नीतिगत विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने यस कार्यक्रम प्रतिनिधिसभाको नियमित अभ्यासका रूपमा स्थापित हुँदै आएको छ।