भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँ"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा सुरक्षा चुनौती छैन: गृहमन्त्री शर्मा

२०७४, १७ भाद्र शनिबार ०६:१२

भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए । ‘सीमा क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौती छैन,’ गृहमन्त्री शर्माले भने । 

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए । टिकट वितरणमा भेदभाव हुने गरेकोबारे पत्रकारको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ । पार्टीमा नजिक–टाढा कोही छैन ।’

माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरे । विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको भन्दै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने