Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, ५ असार बिहीबार १४:४६

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास्वपाका नेता मेघ आलेमाथि आक्रमण गरेकाले निजमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । अवैध रूपमा भइरहेको नदी दोहनको विरोध गरेकाले उहाँमाथि आक्रमण गरिएको सांसद ढकालले सुनाउनुभयो ।

त्यसअघि उक्त दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद ढकाललाई बोल्न समय दिनुभएको थियो । पार्टीले ‘भिजिट भिसा’लगायत विषयमा आफ्ना माग पूरा नभएसम्म विरोध जारी रहने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डेले निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक यथाशीघ्र छलफल गरी अघि बढाउनुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले मानव बेचबिखनविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ‘भिजिट भिसा’ प्रकरणका सम्बन्धमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै उहाँले समिति नबन्दासम्म पार्टीको विरोध जारी रहने उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएर आएको सङ्घीय निजामती सेवा विधेयक २५ जना सचिवले रोकेको भन्दै निजहरूले राजीनामा दिए पनि काम अघि बढ्न नसकेकामा गुनासो गर्नुभयो । उहाँले उक्त विधेयकका सम्बन्धमा शीघ्र आवश्यक प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वासुदेव घिमिरेले दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा हिलोका कारण आवागमनमा समस्या भएकाले यथाशीघ्र मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका कान्तिका सेजुवालले जुम्लामा असिनापानीले स्याउखेतीमा क्षति भएका किसानले बिमाबापतको रकम नपाएकाले बिमा कम्पनीलाई रकम भुक्तानी गर्न तथा आवश्यक कारबाही गर्न माग गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले दलितमाथि विभेद तथा दलित बालिकामाथि बलात्कार हुँदा पनि अपराधीलाई कारबाही नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अमरबहादुर थापा र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायत जिल्लालाई सम्बोधन नगरेकाले असन्तुष्टि जनाउनुका साथै अवैध रूपमा रुसी सेनामा नेपालीलाई पठाइएका तत्काल फिर्ता ल्याउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै