भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दि"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेसँग एक्लै निर्वाचन लड्ने क्षमता अरु दलसँग छैन: ओली

१७ भाद्र २०७४, शनिबार १३:३३

भदौ १७, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो । “नेकपा (एमाले) ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भन्नुभयो । 

अध्यक्ष ओलीले नेकपा (एमाले) का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोप समेत लगाउनुभयो । 

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने दाबी गर्नुभयो । 

महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभयो । निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला”–महासचिव पोखरेलले भन्नुभयो । 

उहाँले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । 

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 

एमाले काठमाडौँ–प्रदेश नं २ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्याङ्कन, आर्थिक, यातायात र प्रचारप्रसार उपसमितिसमेत गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै