२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको सचिवालय बैठकले चुनावसम्बन्धि गर्यो यस्ता निर्णय !

१७ भाद्र २०७४, शनिबार १५:४०


भदौ १७, पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ । 

उहाँले २ नं प्रदेशको निर्वाचनमा परिवर्तनकारी र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जो सुकै पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रेस सेन्टर पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय बैठकको निर्णयलाई सार्वजनिक गर्दै अध्यक्ष दाहालले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्न विशेष ग्राह्यता दिने निर्णय गरिएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकीकरणपछि वीरगन्जमा भएको पहिलो सचिवालय बैठकले पार्टी एकीकरण, पार्टी प्रवेश र ध्रुवीकरणले निर्माण भएको ताजा परिस्थितिलाई पार्टीभित्र माथिदेखि तलसम्म समायोजन गर्न संरचना निर्माण गरिएको र एक हप्ताभित्र माथिदेखि तलसम्म समायोजन टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले बैठकले मंसिर १० र २२ गते हुने प्रदेशसभा र केन्द्रको निर्वाचनमा परिवर्तकारी, संघीयता पक्षधर शक्तिको बहुमत भए मधेसी जनताको अधिकार र पहिचानलाई स्थापिन गर्न संशोधन प्रस्तावलाई पारित गर्न पहल गर्ने, सरकाको कामको समीक्षा गर्दै बैठकले सकरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने, संसदमा दर्ता रहेको प्रतिनिधि सभा र र प्रदेशसभा सदस्यको विधेकालाई चाँडोभन्दा चाँडो पारित गरी निर्वाचनको वातावरण निर्माण मद्दत पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष दाहालले तराईमा आएको भीषण बाढीबाट प्रभावित आम जनतालाई राहत दिन संकट क्षेत्र घोषणा गरी प्रभावितको राहतका लागि विषेश प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले हाल निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको असन्तुष्टि रहेकाले निर्वाचन क्षेत्रलाई पुनरावलोकन गर्न प्रधानमन्त्रीसँग छलफल गर्ने प्रष्ट पार्नुभयो । माओवादी केन्द्रको पहिलो सचिवालय बैठक वीरगन्जमै गर्नुको मुख्य उद्देश्य २ नं प्रदेशको निर्वाचनलाई सफल बनाउनु रहेको उहाँको भनाइ थियो । 

आज मध्याह्न १२ देखि साँझ ५: ३० बजेसम्म होटल भिष्वामा बसेको माओवादीको सचिवालय बैठकलाई स्थानीय निर्वाचनको दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पार्टी प्रवक्ता पम्फा भुसाल, नेताहरु जनार्दन शर्मा, प्रभू साह, रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल