२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको सचिवालय बैठकले चुनावसम्बन्धि गर्यो यस्ता निर्णय !

२०७४, १७ भाद्र शनिबार १५:४०


भदौ १७, पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ । 

उहाँले २ नं प्रदेशको निर्वाचनमा परिवर्तनकारी र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जो सुकै पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रेस सेन्टर पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय बैठकको निर्णयलाई सार्वजनिक गर्दै अध्यक्ष दाहालले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्न विशेष ग्राह्यता दिने निर्णय गरिएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकीकरणपछि वीरगन्जमा भएको पहिलो सचिवालय बैठकले पार्टी एकीकरण, पार्टी प्रवेश र ध्रुवीकरणले निर्माण भएको ताजा परिस्थितिलाई पार्टीभित्र माथिदेखि तलसम्म समायोजन गर्न संरचना निर्माण गरिएको र एक हप्ताभित्र माथिदेखि तलसम्म समायोजन टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले बैठकले मंसिर १० र २२ गते हुने प्रदेशसभा र केन्द्रको निर्वाचनमा परिवर्तकारी, संघीयता पक्षधर शक्तिको बहुमत भए मधेसी जनताको अधिकार र पहिचानलाई स्थापिन गर्न संशोधन प्रस्तावलाई पारित गर्न पहल गर्ने, सरकाको कामको समीक्षा गर्दै बैठकले सकरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने, संसदमा दर्ता रहेको प्रतिनिधि सभा र र प्रदेशसभा सदस्यको विधेकालाई चाँडोभन्दा चाँडो पारित गरी निर्वाचनको वातावरण निर्माण मद्दत पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष दाहालले तराईमा आएको भीषण बाढीबाट प्रभावित आम जनतालाई राहत दिन संकट क्षेत्र घोषणा गरी प्रभावितको राहतका लागि विषेश प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले हाल निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको असन्तुष्टि रहेकाले निर्वाचन क्षेत्रलाई पुनरावलोकन गर्न प्रधानमन्त्रीसँग छलफल गर्ने प्रष्ट पार्नुभयो । माओवादी केन्द्रको पहिलो सचिवालय बैठक वीरगन्जमै गर्नुको मुख्य उद्देश्य २ नं प्रदेशको निर्वाचनलाई सफल बनाउनु रहेको उहाँको भनाइ थियो । 

आज मध्याह्न १२ देखि साँझ ५: ३० बजेसम्म होटल भिष्वामा बसेको माओवादीको सचिवालय बैठकलाई स्थानीय निर्वाचनको दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पार्टी प्रवक्ता पम्फा भुसाल, नेताहरु जनार्दन शर्मा, प्रभू साह, रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो