२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव

५ असार २०८२, बिहीबार १७:५०
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकको रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
स्काउट ऐन, २०५० अन्तर्गत युवालाई नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउन संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सातै प्रदेश र ७५३ स्थानीय तहमा फैलिएको स्काउट सञ्जाल र सोमार्फत परिचालित ५० हजारभन्दा बढी स्वयंसेवक युवा स्काउटको योगदानको स्मरण गर्नुभयो ।
“लागुपदार्थ दुर्व्यसन निवारण, महिला हिंसाविरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले गर्दै आएको समाजिक रूपान्तरण महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “स्काउटका सदस्यहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रममार्फत नेपालको पहिचान अन्तरराष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनु प्रशंसनीय छ ।”
उपराष्ट्रपति यादवले विपद् व्यवस्थापनमा दक्ष टोली निर्माण, स्वयंसेवा अभियानका सशक्त गतिविधिहरू तथा महिला नेतृत्व प्रवर्द्धनमा संस्थाको अग्रसरतालाई सशक्त प्रेरणा स्रोतका रूपमा लिइनुपर्ने बताउनुभयो । उपराष्ट्रपति यादवले नेपाल स्काउटको आगामी यात्रा अझ प्रभावकारी, समावेशी र नविन उपलब्धिले सम्पन्न होस् भन्ने कामना समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु