२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अख्तियारको चयनात्मक न्याय ? ‘ठूला माछा’ फसेको प्रकरणमा यसरी उम्किए रामदेव र बालकृष्ण

२०८२, ६ असार शुक्रबार १२:५४

काठमाडौं । पतञ्जलि योग पीठको जग्गा हदबन्दी छुट प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा मुछिएपछि सांसद पदबाट निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मुद्दामा ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस प्रकरणलाई अख्तियारले “ठूला माछा” समातेको दुर्लभ उदाहरणका रूपमा प्रस्तुत गरिए पनि, सोही मुद्दामा संलग्न मुख्य सञ्चालकहरूमध्ये केहीलाई आरोप नलगाइएकामा प्रश्न उठेको छ। पतञ्जलि योग पीठ र पतञ्जलि आयुर्वेद कम्पनी नेपालका संरक्षक तथा सञ्चालक रहेका भारतीय नागरिकहरू रामदेव र आचार्य बालकृष्णविरुद्ध मुद्दा नचलाईएको देखिएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेखअनुसार, “श्री पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल” २०६४ साल असोज २० गते दर्ता गरिएको थियो। संस्थापक सञ्चालकका रूपमा पाँच जनाको नाम उल्लेख छ।

अन्य सञ्चालकहरूमा महन्त राजेन्द्र दास, शालिग्राम सिंह, र राजेन्द्र सिंह रहेका छन्। यीमध्ये राजेन्द्र सिंह मात्रै नेपाली नागरिक हुन्, जसका विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

यस प्रकरणमा प्रमाण र संलग्नता देखिए पनि रामदेव, बालकृष्णलगायत भारतीय सञ्चालकहरूलाई मुद्दाबाट अलग राखिएकोमा कानुनी र नैतिक प्रश्न उठ्न थालेको छ। चयनात्मक न्यायको आरोप खेपिरहेको अख्तियारमाथि यसबारे चासो बढ्दो छ।

सार्वजनिक जग्गा व्यवस्थापनमा उच्चस्तरीय पहुँच, विदेशी नागरिकको भूमिकासम्बन्धी प्रस्ट पारदर्शिता नहुँदा यो विषय थप जटिल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा