काठमाडौँ । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह छन् ।
पक्राउ कसुर मुद्दामा उनलाई २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइने प्रहरीले बताएको छ ।