२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विनियोजन विधेयक सर्वसम्मतिले पारित

६ असार २०८२, शुक्रबार १६:३२

काठमाडौँ | कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसअघि विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यशोदा कायस्थले भाग लिनुभएको थियो ।

शून्य समय

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक छ भन्नुभयो ।

अर्की सदस्य सविना बजगाइँले झापाको बाहुडाँगीको जनजीवन हात्तीबाट आक्रान्त भएको गुनासो गर्र्दै सरकारबाट नियन्त्रणको प्रयास हुनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली