2026-08-24 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारीमा प्रत्यक्ष संलग्नहरू स–सानो धरौटीमा छुट्दा संलग्नै नभएको आफू भने थुनामा- रबि लामिछाने

काठमाडौँ | सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री पद त्याग्नु नै आफ्ना लागि दुर्भाग्य भएको बताएका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा दण्डस्वरूप थुनामा बस्नु परेको उनले बताएका छन् ।

“प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ । भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले,” रविले भैरहवा कारागारबाट अपिल गर्दै भनेका छन्, “मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?”

उनले बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको सहकारी छानबिन विशेष समितिको १२ सय पृष्ठको प्रतिवेदन आफ्नाविरुद्ध मात्रै कार्यान्वयन भएको आरोप लगाएका छन् । उक्त प्रतिवेदन छलपूर्वक र बलपूर्वक कार्यान्वयन भएको उनको दाबी छ ।

“रवि लामिछानेले ठगेका प्रमाण हामीसँग छन्, आफैँ निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसद्मा सादा कागज देखाउँदै गर्जेकाहरूले अहिलेसम्म केके दिए त प्रमाण ?,” उनले काराकारबाटै प्रश्न गरेका छन् ।

अनुसन्धान र अभियोजनमा हकदैया, क्षेत्राधिकार र हदम्याद महत्वूर्ण विषय भएको भन्दै उनले आफूविरूद्धको मुद्दामा यी तीनै विषयको पूर्णतः बेवास्ता गरिएको गुनासो गरेका छन् । कानुनअनुसार चल्दै नचल्नुपर्ने र चल्नै नहुने मुद्दा आफूमाथि चलाइएको रविले दाबी गरेका छन् ।

गैरकानुनी सिन्डिकेटले देश चलाएको समयमा व्यक्तिको मौलिक अधिकार हनन् हुने भन्दै उनले भनेका छन्, “राज्यका सबै अंग तिनैका भर्तीकेन्द्र भएको देशमा न्यायका लागि ढकढक्याउन कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ ?”

सहकारीमा प्रत्यक्ष संलग्नहरू स–सानो धरौटीमा छुट्दा संलग्नै नभएको आफू भने थुनामा रहेको उनले बताएका छन् । अदालतको मानहानिका डरले आफ्नो पक्ष खुलस्त राख्न नसकेको उनले प्रष्ट पारेका छन् ।

आफूमाथि अत्याचार गर्ने लोकतन्त्र नभएर व्यक्ति भएको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र छानबिन विशेष समितिका संयोग सूर्य थापा भएका आरोप लगाएका छन् । उनले भनेका छन्, “…ओली–थापाहरूको कुटिल षड्यन्त्र र लेखक–वडालहरूको कानुनी प्रपञ्च हो । विधिको शासन त यिनीहरूले उहिल्यै समाप्त पारिसकेका हुन् ।”

मध्यरातमा त्रिशूलीको बाटो, परिवारलाई समेत खबर नगरी आफूलाई कहाँ पुर्‍याउन हिँडाइएको थियो भन्दै उनी भन्छन्, “त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्‍याउने थियो वा गायवै गर्ने, म यसै भन्न सक्दिनँ ।”

लामिछानेले जारी गरेको पूर्णपाठः– यो लिंकमा थिच्नुहोला थप जानकारीको लागि 

https://drive.google.com/file/d/1jYAwb6ngNT-HyMjkyjruISPi3fHPObfJ/viewrive.google.com/file/d/1jYAwb6ngNT-HyMjkyjruISPi3fHPObfJ/view

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते