प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्ष कार्यकारीमा जाने विषय एमालेमा जिउदै छ : भट्टराई

२०७४, १८ भाद्र आईतवार ०९:५६

प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएको छ । उहाँले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी बनाउने भन्ने विषयलाई बहसको रूपमा लैजान सकिने धारणा राख्नुभयो । 

राजधानीमा नयाँ शक्ति नेपालले आयोजना गरेको एक कार्यक्रममा उहाँले अघिल्लो पुस्ताले नचाहेको कारणले नै संविधानमा यो उल्लेख गर्न नसकिएको बताउनुभयो । उहाँले प्रमुख रूपमा माओवादीले २०६४ आफु ठूलो हुदाँ विषय उठान गर्यो तर २०७० मा आफु खुम्चिएपछि प्रचण्ड प्रत्यक्ष कार्यकारीको विषयमा पछि हटेको बताउनुभयो । दलहरू आफु अनुकुल विषयमात्र उठ्ने गरेको झनै समस्या भएको बताउदै भट्टराईले भन्नुभयो पछिल्लो पुस्ताले यस्तो प्रणाली चाहदा-चाहदै पनि पछि हट्नु परेको धारणा राख्नुभयो । 

प्रत्यक्ष निर्वाचन प्रणालीलाई आउने निर्वाचनमा दलले घोषणापत्र र योजनाको विषयमा राखेर अगाडि बढ्न सक्ने उहाँको भनाई छ । प्रधानमन्त्रीले आफु निर्वाचित भएपछि पनि पद जोगाउन लाग्नुपर्ने भएकाले देशलाई समृद्धि बनाउन नसक्ने बताउनुभयो । दिल्ली र बेइजिङमा नेपालका प्रधानमन्त्री स्वाभिमानका साथ पुग्न नसकेसम्म नेपालमा स्थिर सरकार बन्न र विकास हुन नसक्ने आसय व्यक्त गर्नुभयो ।

भट्टराईले कसैलाई मन नपरेपनि अझै एक दशक निर्वाचनमा समानुपातिक प्रणाली हटाउन नसकिने बताउनुभयो । संसदको निर्वाचनको समयमा यहि प्रणालीमा सांसदको टिकट खरिद विक्रि भइरहेको र विकृति निस्किएको बताउदै उहाँले भन्नुभयो -"आर्थिक, सामाजिक, चेतनाका हिसाबले पछि परेको समुदायलाई ल्याउन समानुपातिक प्रणाली ल्याइएपनि अहिले धनाड्य मात्रै उक्त ठाउँमा आए, सच्चाउन तर्फ लाग्नुपर्छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै