२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

२०८२, ७ असार शनिबार १६:३१
काठमाडौँ |  प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न शीर्षकमाथि छलफल जारी छ । बैठकमा सांसदहरुले बजेटका पक्षविपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा बोलिरहनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले बजेट कुन मन्त्रालयमा कति पर्यो भन्नेभन्दा पनि बजेटको प्रभावकारी कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो । उहाँले मुलुकको स्रोतसाधनअनुसार बजेटको बाँडफाँट भएको  उल्लेख गर्दै बजेटका उपशीर्षकमा हुने विनियोजन र प्राथिमिकीकरण तथा त्यसको उपयोग हुन्छ कि हुदैन भन्ने मुख्य सवाल भएकामा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले बजेट बनाउँदा सहभगितामूलक नहने हुँदा सधैँ समस्या देखिने गरेको बताउँदै सातै प्रदेशमा विकास परिषद् गठन गरी त्यहाँ छलफल गरी सङ्घीय बजेटमा समावेश गर्नसके बजेट राम्रो हुने सुझाव दिनुभयो । उहाँले भिजिट भिसा प्रकरण सम्बन्धमा छानबिन र अध्ययन गरेर दुई बुँदे कार्यान्वयन गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले मन्त्रीहरुलाई विनियोजनमाथिको छलफललाई प्राथमिकतमा राखी संसद् बैठकमा उपस्थित हुनुपर्ने उहाँको माग छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी  केन्द्र) का नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितको पुनःस्थापनाका लागि विनियोजन गरिएको बजेट न्यून भएको उल्लेख गर्दै यसले प्रभावितलाई तत्काल पुनःस्थापना गर्न कठिन हुने बताउनुभयो । साथै उहाँले आधारभूत स्वास्थ्य सेवा सबै निशुःल्क गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री किसानकुमार श्रेष्ठले प्रभावशाली नेता र मन्त्रीले नै आफ्नो क्षेत्रमा मात्रै बजेट वृद्धि गर्ने परिपाटीले बजेटमाथिको विश्वसनीयता घटेको बताउनुभयो । उहाँले कनिका छरे झैँ सबैतिर बजेट छर्नुभन्दा रुपान्तणकारी परियोजनामा आवश्यक बजेट विनियोजन गर्नसकेमा तीव्र विकास हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
जनमत पार्टीका नेता एवं सांसद अब्दुल खाँनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट वृद्धि गर्ने गरेको बताउँदै मन्त्रीको क्षेत्रमा मात्र विकास भएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले संसद्विहीन मन्त्रिमण्डल बनाउनसके यस्ता समस्याको समाधान हुने धारणा व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं सांसद रामप्रकाश चौधरीले बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरिएको टिप्पणी गर्नुभयो । उहाँले विदेशमा मृत्यु भएका नेपालीको शव शीघ्र स्वदेशमा ल्याउन पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल भइरहेको छ । सांसद्हरुले उपरोक्त सबै मन्त्रालयका शीर्षकमाथि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना