भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट

साझासवाल
1 Min Read

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब ४६ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

आइतबार सम्पन्न सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ५ अर्ब ४६ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ २ अर्ब ७२ करोड ४८ लाख ८० हजार रुपैयाँ छुट्याइएको छ।

 

Share This Article