2026-08-27 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था

2026-08-27

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये चितवन क्षेत्रमा हालसम्म १ सय ८ वटा शव फेला परेका छन्। फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि चितवन प्रशासनले विशेष व्यवस्था थालेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) पौडेलका अनुसार शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने तथा बडी ब्यागमा राख्ने काम भइरहेको छ। त्यसपछि शवलाई माइनस डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने पहिचान केन्द्रको विशेष कुलिङ हलमा सुरक्षित राखिनेछ।

आफन्त तथा परिवारका सदस्यले पहिचान केन्द्रमा राखिएका शवको विवरण नेपाल प्रहरीको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजीका लागि भने सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्ने एसपी पौडेलले बताए। शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा शव गृहबाट निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ। पीडित परिवारलाई चितवनमा बस्न समस्या नहोस् भनेर निःशुल्क होटल तथा चौबीसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। होटल व्यवसायी संघ चितवन र सौराहाका व्यवसायीको समन्वयमा पीडित परिवारका लागि निःशुल्क आवासको व्यवस्था गरिएको हो।

शव सनाखतपछि घरसम्म लैजानका लागि करिब २२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको एसपी पौडेलले बताए। कुनै समस्या परेमा प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी सहयोग लिन सकिने उनले जानकारी दिए।

यसैबीच, फेला परेका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालमा शव व्यवस्थापनमा समस्या भएको छ। अस्पतालको शवगृहमा राख्ने क्षमता सकिएपछि केही शवलाई त्रिपाल टाँगेर बाहिर राख्नुपरेको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म अस्पतालमा ६४ वटा शव ल्याइएको छ। अस्पतालको शवगृहमा एकपटकमा १२ वटा शव मात्र राख्न सकिने क्षमता छ। बाढीमा बेपत्ता भएकाको खोजी तथा शव व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन प्रशासन, प्रहरी, अस्पताल तथा स्थानीय तहबीच समन्वय गरी थप व्यवस्थापनको काम अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन