2026-10-10 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा

2026-08-29

काठमाडौँ | रसुवातर्फबाट आएको बाढीका कारण त्रिशुली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका बस्तीहरू जोखिममा परेका छन्। नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको छ। जोखिममा परेका नागरिकप्रति गहिरो चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।

विगतको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको यस क्षेत्रमा हालका वर्षहरूमा नदीको बहाव र थेग्रानको व्यवहार फरक देखिएकाले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ। सूचना प्राप्त भएलगत्तै मन्त्रालय अन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग निरन्तर समन्वयमा खटिएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। तटबन्धका लागि ठूला ढुङ्गा जुटाउने कार्य भइरहेको र निर्माण सामग्री उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको छ। दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गरिँदै छ।

बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले बगाएका जलमापन केन्द्रको पूरकका रूपमा तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। साथै जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना प्राथमिकताका साथ अघि बढाइनेछ। यस विषयलाई तत्काल उठाई समन्वयमा सक्रिय भूमिका खेल्ने माननीय मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयलाई धन्यवाद दिइएको छ। नदी किनारका बासिन्दाहरूलाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न मन्त्री श्रेष्ठले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध