2026-08-24 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई राष्ट्रिय चिन्ताको विषय भन्दै यसबारे यथाशीघ्र छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै पाण्डेले माओवादीसँग भएको २ बुँदे सहमतिको कार्यान्वयनमा ढिलाइ भएको भन्दै गृहमन्त्रीद्वारा एक महिनाभित्र छानबिन समिति गठन गर्ने सार्वजनिक प्रतिबद्धतालाई तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, “भिजिट भिसा प्रकरणको कारण सदन अवरुद्ध हुँदा माओवादीसँग सहमति भएको थियो। त्यसअनुसार छानबिन प्रक्रिया अगाडि बढ्नुपर्ने हो, तर समस्या अझै समाधान भएको छैन।”

यसअघि भिजिट भिसासम्बन्धी विवादले सदनमा लगातार अवरोध सिर्जना गरेपछि सत्तापक्ष र माओवादी केन्द्रबीच अध्ययन र छानबिनका लागि दुई बुँदे सहमति भएको थियो। सहमतिपछि माओवादीले विरोधका कार्यक्रम स्थगित गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अझै पनि छानबिन समितिको माग गर्दै सदनमा विरोध जारी राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते