2026-08-24 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ।

बर्दियाको गुलेरिया नगरपालिका–५ निवासी रायमाझीविरुद्ध पर्सा प्रहरीले माग गरेअनुसार अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको हो। पर्सा प्रहरीका एक अधिकृतका अनुसार, उहाँविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

सांसद रायमाझीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर चेक दिएको तर चेक बाउन्स भएको आरोपसहित जाहेरी दिएकी थिइन्। उजुरी अनुसार, रायमाझीले एभरेष्ट बैंकको चेकमार्फत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि बैंक खातामा पर्याप्त मौज्दात नभएकाले चेक अस्वीकृत भएको थियो।

रायमाझीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको बताइएको छ।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले यो विषयबारे पार्टीमा औपचारिक छलफल नभएको जनाएका छन्। “यो उहाँको व्यक्तिगत आर्थिक कारोबारसँग सम्बन्धित विषय हो, पार्टीसँग प्रत्यक्ष सम्बन्ध छैन,” उनले भने।

समानुपातिकतर्फबाट प्रदेशसभा सांसद बनेकी रायमाझी यसअघि जसपाबाट प्रदेशसभा सदस्य रहेकी थिइन्। उनी एमाले नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकास राज्य मन्त्री तथा पछिल्लो माओवादी नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते