2026-08-24 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भारत, बिहारका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोला क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आरोपीले फेसबुकमार्फत पीडित महिलासँग सम्पर्क स्थापित गरी, म्यासेन्जर संवादको क्रममा उनको जानकारीबिना अश्लील तस्बिर र भिडियोहरू स्क्रिन रेकर्ड गरेका थिए। ती सामग्रीहरू प्रयोग गर्दै नक्कली फेसबुक खाताबाट पीडितका परिवारजनहरूसम्म ती तस्बिर तथा भिडियो पठाई चरित्र हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ।

साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धानको आधारमा अम्मरनाथ कुमारको पहिचान गरी असार ६ गते पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार कानुनी प्रक्रिया अनुसार आवश्यक अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते