राम नारायण पंडित/भदौ १९, सिरहा । मुख्य पदको उम्मेद्वार टुङ्गो नलागेपनि असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको लागि निर्वाचनको चहलपहल सुरु भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/भदौ १९, सिरहा । मुख्य पदको उम्मेद्वार टुङ्गो नलागेपनि असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको लागि निर्वाचनको चहलपहल सुरु भएको छ । <"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा चुनावी अभियान तीव्र, उम्मेद्वार छान्न दलहरुलाई सकस

१९ भाद्र २०७४, सोमबार ०२:४०


राम नारायण पंडित/भदौ १९, सिरहा । मुख्य पदको उम्मेद्वार टुङ्गो नलागेपनि असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको लागि निर्वाचनको चहलपहल सुरु भएको छ । 

मनोनयन दर्ता नजिकिएकोले  उम्मेद्वारहरुको टुङ्गो नलागेपनि गाउँबस्तीमा राजनीतिक दलहरुले घरदैलो तथा मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । 

नेपाली काग्रेसले नगरपालीका तथा गाउँपालिकाहरुको प्रमुखको उम्मेदवार बिना घरदैलो तथा भेटघाट सुरु गरेको हो । सिरहाका नगरपालिका र गाउँपालिकामा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरु टुंग्याउन नसक्दा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु भोटमाग्दै चुनावी अभियान चलाईरहेका छन् । मुख्य पदका उम्मेदवार विनै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन् । 


सिरहाको लहान, धनगढीमाई, गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिका सहित भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, विष्णुपुर, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी र अर्नमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुको नाम टुङ्गो लाग्न सकेको छैन । निर्वाचनमा आकाक्षी धेरै भएकाले पार्टीलाई मुख्य उम्मेदबार छान्न सकस भएको जिल्ला सभापति तथा सासंद रामचन्द्र यादवले जनाए । उनले उम्मेद्वार टुङ्गो  नलागेपनि पार्टीको भोटमागी घरदैलो गर्न स्थानीय पार्टीलाई निर्देशन दिई सकिएको पनि उनले जनाए । 

नेकपा एमालेले सिरहाका १७ वटा स्थानिय तह मध्ये १५ वटामा मुख्य उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । बाँकी दुई वटाको पनि चाँडै टुङ्गो लाग्ने लाग्ने जिल्ला सचिव योगेन्द्र सिंहले बताए । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख उपप्रमुख र बरियारपट्टी गाउँपालीका बाहेक सवै ठाउँका उम्मेदवारहरुको नाम सार्वजनिक भईसकेको छ । 

मुख्य उम्मेदवारको विषयमा अन्यौल रहेको भए पनि प्रचार प्रसारमा एमाले तिब्रता दिएको छ । एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिन्ह अंकित झन्डा, ब्यानर, छ्याप्छ्याप्ती बनाएको छ । 

नेकपा माओवादी केन्द्रले आधिकारिक रुपमा नाम सार्वजनिक नगरेको भए पनि माओवादी केन्द्रका तर्फबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु जुलुस सहित मतदाता भेटघाट, घरदैलो अभियानमा जुटेका छन् ।


राजपा नेपालले मिर्चैैयामा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । राजपा मिर्चैयाको कटारी चौकमा चुनाबी कार्यालयको उदघाटन पश्चात मिर्चैैयामा मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । मिर्चैयाको कटारी चौकबाट निस्किएको र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै बजारमा कोण सभामा परिणत भएको राजपा नेता अंजय साहले बताए । मिर्चैया नगरपालिकामा राजपाले मेयरमा राम कुमार मंडल र उपमेयरमा चन्द्रकला साहलाई उम्मेदबार बनाएको छ । 

माओवादी केन्द्रका तर्फबाट गोलबजार नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार क्रमशः देवनाथ साह र रेशमकुमारी थापा वडाध्यक्षहरु सहित घरदैलो गरिरहेका छन् । धनगढीमाई नगरपालिकाका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङ सहित माओवादी नेता कार्यकर्ताहरुको घरदैलो अभियान नगरको सबै वार्डमा पुगिसकेको माओवादी केन्द्र प्रचारप्रचार समिति धनगढीले जनाएको छ । 


माओवादी केन्द्रले सिरहाको मिर्चैया, कर्जन्हा सहित अन्य नगरपालिका र गाउँपालिकाहरुमा घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताए । मधेस केन्द्रित दलहरुमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नवगठित राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनाव प्रचार अभियानमा जुटेका छन् । 

संघिय समाजवादी फोरमले सिरहाको केही ठाउँमा उम्मेदवारहरुको नाम टुंग्याएर प्रचारप्रसारमा जुटेका छन् । राजपा पनि कार्यकर्ताहरुलाई चुनाव प्रचारमा खटाएको छ । 

स्थानीय तहको पुनःसंरचनापछि ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेका छन् । २ असोजमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहामा ४ सय २६ वटा मदतान केन्द्र, २ सय २१ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु