नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
बैठक असार १५ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको थियो । तर, ‘विशेष कारणवस’ बैठक असार १६ गते दिउँसो १ः०० बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।
