२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतका पूर्व उपराष्ट्रपतिसँग भेटवार्तामा रास्वपाका सांसद सोबिता गौतम र हरि ढकाल

९ असार २०८२, सोमबार १४:२२

काठमाडौँ । भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्ताका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको सांसद गौमतले जानकारी दिइन् । त्यस्तै, आफूहरूले पार्टीका मुल दृष्टिकोण राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत जानकारी गराएको सांसद गौतमले जानकारी गराएकी छिन् ।

‘यो भेटवार्ता पूर्णत: अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ सांसद गौतमले भनेकी छिन् । यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरेकी छिन् ।

उपराष्ट्रपति नायडूलाई भारत सरकारले दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणले सम्मानित गरेको थियो । सांसद गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । सो क्रममा उल्लेख्य संख्यामा समर्थकको उपस्थिति थियो ।

सोही सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी गर्न पार्टीका शुभेच्छुकलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा