२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा उत्पादनमा आधारित प्रोत्साहन

२०८२, १० असार मंगलवार १३:३९

काठमाडौं । पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धिमा जोड दिँदै उनीहरूलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिने उल्लेख गरिएको छ ।

‘उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ भन्ने अवधारणाअनुरूप कृषिको आधुनिकीकरण, विशिष्टीकरण, विविधीकरण र व्यावसायिकीकरण गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

भूमि वर्गीकरण, भूमि बैङ्क तथा वित्तीय पहुँचः भू उपयोग ऐन र नियमावलीअनुसार भूमि वर्गीकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ । भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिका लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिने जनाइएको छ ।

खेतीयोग्य गह्रा बनाऔँ हराभरा अभियानका साथ हिउँदे बाली (गहुँ, तोरी, आलु, चैते धान, तरबुजा) को क्लस्टरमा खेती गरिने उल्लेख गर्दै प्रमुुख आचार्यले महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तार गर्दै थोपा, प्लास्टिक पोखरी, लिफ्ट, कुलो र पाइप सिँचाइमार्फत वर्षभरि भरपर्दो सामूहिक पहुँच बढाई बाली सघनता वृद्धि गरिने बताउनुभयो ।

पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला, कागती, मेकाडेमिया नट, एभोकाडो आदिको क्षेत्र विस्तार गरिने उहाँले बताउनुभयो । प्रभावकारी सूचना, प्रविधि, सञ्चार गर्दै कृषि प्रसारका लागि डिजिटल कृषि प्रणाली अवलम्बन गरिनाका साथै उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी सेवा प्राविधिकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

किसान सूचीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने र सेवा प्रवाहमा जोडिने महानगर प्रमुख आचार्यले बताउनुुभयो । दिगो कृषिको आधारका रूपमा प्राङ्गारिक खेतीको विस्तारका लागि प्राङ्गारिक पकेट स्थापना र वातावरणमैत्री सहरी कृषिमा जोड दिइने उहाँले बताउनुभयो ।

माटोको जैविक गुणस्तर कायम राख्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै, रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य तथा जैविक विविधताको संरक्षण गरिने महानगरपालिकाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी