2026-08-24 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ ।
उहाँले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गर्नुभयो । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन र सिङ्गापुरलाई ‘इतिहासको सही पक्षमा र निष्पक्षता र न्यायको पक्षमा उभिन’ काम गर्न आग्रह गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष चीन र सिङ्गापुरलगायत देशहरूमा करको अवरोध सुरु गर्नुभएपछि संयुक्त राज्य अमेरिकामाथि परोक्ष रूपमा प्रहार गर्दै सीले भन्नुभयो, “विश्व आधिपत्यमा फर्किन सक्दैन वा जङ्गलको कानूनमा फिर्ता तानिन सक्दैन ।”
बदलामा वोङले सीलाई ‘विश्वव्यापी अशान्ति र अनिश्चितता’ को समयमा सिङ्गापुर–चीन सम्बन्ध ‘पहिलेभन्दा बढी महत्त्वपूर्ण’ भएको विश्वास गरेको बताउनुभयो ।
“हामी घनिष्ठ सम्बन्ध स्थापना गर्न सँगै काम गर्न सक्छौँ र… सबै देशको फाइदाका लागि बहुपक्षवाद र नियम–आधारित विश्वव्यापी व्यवस्थालाई बलियो बनाउन जारी राख्न सक्छौँ”, वोङले भन्नुभयो ।
सन् २०२४ मा संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको उत्तराधिकारी बन्नुभएका वोङले व्यापारमा निर्भर सहर–राज्यलाई ट्रम्पको करबाट नराम्रो असर पर्नसक्ने चेतावनी दिनुभएको छ ।
यद्यपि ट्रम्पले सिङ्गापुरमा आधारभूत १० प्रतिशत शुल्क लगाउनुभए पनि देश अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण दर्जनौँ अन्य देशमा लगाइएको धेरै उच्च करले गर्दा हुने विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ ।
बेइजिङमा आफ्नो बैठकपछि वोङ विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन उत्तरी चिनियाँ सहर तियान्जिन जानुहुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते