2026-08-24 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विनियोजन विधेयकमाथि छलफल: कोशी प्रदेश

2025-06-24
काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलले निरन्तरता पाएको छ ।
छलफलमा कोशी प्रदेशसभा सदस्यहरु कमलप्रसाद जबेगु, प्रेमराज थाम्सुहाङ, इन्दिरा थापा, तिलकुमार मेङयाङ्बो र रामदेव यादवले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
विशेष समय
विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले यातायात व्यवस्थापनमा सिटीसफारी चालकलाई सवारी अनुमतिपत्र दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सिटीसफारी दुर्घटना भएमा सवारी चालक, सवारी धनी र बीमा कम्पनी तथा यात्रु पनि प्रभावित हुने भएकाले यसमा सरकार गम्भीर बत्रुपर्ने सुझाव दिनुभयो । उहाँले विनियोजन विधेयकमा कृषि क्षेत्रमा बजेट न्यून रहेको र उत्पादनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएकामा गुनासो गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले विनियोजन विधेयकमा चालु र पुँजीगत खर्चमा अन्तर देखिएकाले सच्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । उहाँले यस किसिमको बजेटले हाम्रो लक्ष्य र उद्देश्यलाई पूरा गर्न नसक्ने भएकाले सरकार बजेट सच्याउनै पर्ने धारणा राख्दै सरकारले कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन प्रदेश सरकारका साथै स्थानीय तहले पनि आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेबताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते