2026-09-14 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विपद्मा सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन

2025-06-24
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपद्का लागि उच्च सतर्कता अपनाएर काम गर्न सुरक्षा निकाय र मातहतका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको वर्षाका कारण हुनसक्ने विपद् पूर्वानुमान तयारीको अवस्था र सहजीकरणसम्बन्धी बैठकमा मुख्यमन्त्रीले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो । विपद्बाट क्षति हुन नदिनका लागि वडास्तरबाटै जनप्रतिनिधिसँग समन्वय गर्न, राहत र उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्न तथा साझेदार सङ्घसंस्थाको साझेदारीमा लाग्न पनि मुख्यमन्त्री शाहले निर्देश गर्नुभयो ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रमुख सचिव, आन्तरिक मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटीलगायतका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा विपद्का कारण गत वर्ष पुगेको क्षति, विपद् व्यवस्थापनका लागि भएका प्रयास र अब गर्नुपर्ने पूर्वतयारीका बारेमा जानकारी दिइएको थियो ।
बैठकमा यस वर्ष प्रदेशका केही जिल्लामा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र अछाम जिल्लामा सरदरभन्दा ४५ देखि ५५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ, प्रदेशका बाँकी जिल्लामा पनि ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ ।”
सरदरभन्दा बढी वर्षा हुँदा प्रदेशभरिका ५२ हजार ११२ घरधुरीका दुई लाख २७ हजार ७३० जना प्रभावित हुने अनुमान गरिएको छ । प्रदेशमा यही असार ६ गते मनसुन भित्रिए पनि सक्रिय हुन नसक्दा हालसम्म ठूलो वर्षा हुन सकेको छैन । मनसुन सक्रिय हुने प्रणालीको क्रमशः विकास भइरहेको उहाँले जानकारी दिनुभयो ।
––––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले