2026-07-01 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कतिपय अवस्थामा मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण नगर्दा दुःख लाग्छ ।”
सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएकाले गण्डकी प्रदेश सरकारले मिडिया नियन्त्रण गर्न नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सत्यतथ्य समाचारको पक्षमा सधैँ उभिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताको नाममा छाडातन्त्र भएकाले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक देखिन्छ ।” प्रमाणका आधारमा समाचार प्रकाशित भयो कि भएन भनेर पत्रकार आफैँले मनन गर्न जरुरी भएको जिकिर गर्दै उहाँले मनको तृष्ण मेटाउन जिम्मेवार पेसाको  दुरुपयोग गर्न नहुने सुझाव दिनुभयो ।
आम नागरिकलाई राज्यको कामकारबाहीका बारेमा जानकारी दिनु सरकारको दायित्व भएको बताउँदै उहाँले पत्रकारिता केवल सूचना दिने माध्यम मात्र नभई समाजमा उत्तरदायित्व, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने खम्बा रहेको उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रमा मात्र पत्रकारिता फस्टाउन सक्ने भएकाले सञ्चारकर्मीले यसबारे कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा उच्च अदालत बार एसोसिएसन, कास्कीका अध्यक्ष शालिग्राम भट्टराईले नेपालको संविधानले सूचनाको हक प्राप्त गर्ने अधिकार दिएकाले अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनुभयो । लोकतन्त्र बलियो बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
नागरिक समाजका तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जनताले उठाएका कुरालाई चासो दिएर सूचना प्रवाह गर्न सके मात्र लोकतन्त्रको अनुभूति गर्न सकिने बताउनुभयो । “अब पत्रकारहरुले पारदर्शीका कुरा मात्र हैन, मुलुकको संरचनामा पनि बहस गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष उमिद वादचन्दको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासङ्घका महासचिव पूर्णप्रसाद मिश्रले सूचनाको हक र वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ