२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेटमा जसो गरे पनि आलोचना र टिप्पणी हुने यहाँमात्रै होइन : प्रधानमन्त्री ओली

१० असार २०८२, मंगलवार १७:०२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सन्तुलित भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै ओलीले सन्तुलित विकास हुने गरी बजेट ल्याइएको दाबी गरे ।

“सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामा विशेष जोड दिन चाहन्छु । भौगोलिक, क्षेत्रगत, विषयगतरूपमा आवश्यकता र सन्तुलनका आधारमा देशको सन्तुलित विकास हुने गरी बजेट ल्याइएको हो,” उनले भने ।

ओलीले बजेटमा जसो गरे पनि आलोचना र टिप्पणी हुने बताए । “बजेट यहाँमात्रै होइन, कहीँ पनि सर्वसम्मति भएको र सबै माननीय सन्तुष्ट भएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमा पनि मैले भेटेको छैन । आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ,” उनले भने ।

उनले विकास धेरै ठाउँमा चाहिएको र बजेट कम रहेको बताए । उनले माग र आपूर्तीबीचको असन्तुलन पैदा भएको विषयमा भने ध्यान दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै