2026-11-03 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीति तय गर्न सरकारको ध्यानाकर्षण

2025-06-25
काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्नेगरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवदेन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/अव्यवहारिक रहेका र भन्दै सुनचाँदी व्यवसायी, आयुर्वेदिक औषधि व्यवसायी र फलाम तथा डण्डी उद्योगीहरूले अर्थ समितिसँग सहयोगका लागि आह्वान गरेका छन् । सुन, चाँदी, हिरालगायत वस्तुमा दुई प्रतिशत विलासिता शुल्क र १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै सुनचाँदी व्यवसायी विरोधमा छन् ।
त्यस्तै, अतिआवश्यक औषधिजन्य वस्तुका रूपमा रहेको आयुर्वेदिक औषधिहरूमा १३ प्रतिशत भ्याट लगाइएको भन्दै सोको खारेजीको माग गर्दै आयुर्वेदिक औषधि व्यवसायीहरूले अर्थ समितिमा निवदेन दिएका छन् । ‘वायर रड’ भनिने ग्याबिन तार बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार लगाइएकामा त्यसलाई रोक्न फलामे छड तथा डण्डी व्यवसायीहरू पनि अर्थ समिति पुगेका छन् ।
यी तीन वटै क्षेत्रका व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् लिएका करका दर लागू भएमा स्वदेशी उद्योगहरू समस्यामा पर्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्ने भन्दै समितिमार्फत सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
व्यवसायीहरूसँगको छलफलपछि समितिको आजको बैठकले स्वदेशी उद्योगहरू प्रवर्द्धन गर्नेगरी करका नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको सभापति चालिसेले बताउनुभयो । “आर्थिक विधेयक, २०८२ अहिले संसद्मा विचाराधीन अवस्थामा छ । संसद्बाट पारित हुनुअघि करका दरमा संशोधन गर्न सकिने भएकाले समितिले यसबारे सरकारको ध्यानाकर्षण गराएको हो”, उहाँले भन्नुभयो ।
अर्थ समितिको आजको बैठकमा अधिकांश सांसदहरूले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी करका दरहरू ल्याइएकाले त्यसमा सरकारले पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
आयातित कच्चा वस्तुमा भन्दा उपभोग्य वस्तुमा बढी कर लगाइएको, अत्यावश्यक वस्तुमासमेत सरकारले भ्याट लगाएको, साफ्टासम्बन्धी प्रावधानहरूका कारण नेपालका उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकालगायत विषय समितिमा उठेका थिए । त्यस्तै, संसद्बाट पारित हुनुअघि आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले पनि यस विषयमा समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा समिति सदस्यहरूको थियो ।
बैठकमा सांसदहरू गङ्गा कार्की, पूर्णबहादुर तामाङ, जुलीकुमारी महतो, ज्ञानबहादुर शाही, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, वर्षमान पुन, डा प्रकाशशरण महतलगायतले स्वदेशी उत्पादनलाई समस्या नपर्ने गरी करका दर तय हुनुपर्ने धारणा राख्नुभएको थियो ।
संसद्मा विचाराधीन आर्थिक विधेयकमा राखिएका केही व्यवस्थाले आन्तरिक उत्पादन र व्यवसायीलाई समस्या पर्ने देखिएमा यसबारे पुनर्विचार गरिनुपर्ने उहाँहरूको भनाइ थियो । संसद्मा विचाराधीन उक्त विधेयकमाथि समितिमा छलफल आवश्यक हो/होइन, समितिले निर्देशन दिन मिल्छ/मिल्दैन भन्नेबारे सांसदहरूबीच भने फरक मत देखिएको थियो । आर्थिक ऐन संशोधन गर्न सकिने भएकाले समितिबाट सुझाव पठाउन सकिने केही सदस्यहरूको धारणा थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै