2026-07-28 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिबाट सन्यास लिने समय आएकाले पार्टीलाई एक भएको हेर्न चाहन्छु :सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन्। कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् ।

उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ ‘ देउवाले भने ‘ म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ । ‘

सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे । ‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ’ उनले भने’ एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।

श्याम कृष्ण प्रधान र उनकी पत्नी गौरीदेवी प्रधान बीपी कोइरालाको विश्वासको पात्र थिए । बीपीले उनीहरूको घरमा बसेर रणनीति तयार गर्थे । बीपीसँग आफू थुप्रै पटक पुगेको स्मरण गर्दै देउवाले प्रधान परिवारको योगदानको चर्चा गरे ।२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइमा होमिएकी गौरीदेवीको गत शनिबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै