९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारी दर्ता भोलि

२० भाद्र २०७४, मंगलवार १२:३९

भदौ २०, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ । 

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीका विषयमा जानकारी दिन निर्वाचन आयोगमा मंगलबार आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, “असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, आमजनता, राजनीतिक दल र सरोकारवालालाई अवगत गराउन चाहन्छु ।” 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन सबै मतदातासँग आग्रह गर्र्दै उहाँले अघिल्ला दुईवटा निर्वाचन जस्तै शान्ति र सौहाद्र्रपूर्ण वातावरणमा व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुने अठोट व्यक्त गर्नुभएको छ, यो आयोगका लागि अत्यन्तै हर्षको विषय भएको छ । सहज राजनीतिक वातावरण सिर्जना भएबाट वैशाख ३१ मा एकै चरणमा गर्ने भनिएको निर्वाचन चरणबद्धरुपमा गर्नुको उद्देश्यसेमत पूरा भएको छ । 

संविधानसभाबाट बनेको नेपालको संविधानलाई कार्यान्वयनका क्रममा हुन लागेको ऐतिहासिक निर्वाचन सम्पूर्ण राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उत्साहपूर्वक विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न पनि सो अवसरमा उहाँले आह्वान गर्नुभयो । 

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका २६ लाख ६४ हजार ७९२ मतदातालाई उक्त मतदानको अधिकार रहेको छ । 

निर्वाचनमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । 

यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यसका लागि दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र कायम गरिएको छ भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी खटिनेछन् । 

महिला, दलित, अल्पसङ्ख्यकलगायत सबै उम्मेदवारको मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सम्पूर्ण व्यवस्थापन गरिसक्नुभएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले उम्मेदवारी दर्ताका लागि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म समय तोकिएको पनि जानकारी दिनुभयो । 

संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको उल्लेख गर्दै आयोगले भनेको छ–दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलले उत्साहपूर्वक लिनुभएको छ । कानुनीरुपमै वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । 

“संघीयता र समावेशी लगायतका संविधानमा समेटिएका जनताका चाहनालाई साकार पार्नका लागि आगामी निर्वाचनमा तराई–मधेसका मतदाताको उत्साहजनक सहभागिता रहनेमा आयोग विश्वस्त रहेको छ”, प्रमुख आयुक्त यादवले भन्नुभयो । 

राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारले निर्धक्क साथ उम्मेदवारी दर्ता गराउन आग्रह गर्दै आयोगले मनोनयन दर्ता कार्यमा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न गराउन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताउँदै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबै पक्षबाट हुने विश्वास लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै