२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा: विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिकाे छलफल जारी

१५ असार २०८२, आईतवार १६:२६

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा विभिन्न १४ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले ती मन्त्रालयत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी गराउनुभयो । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरू तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पा, झक्कुप्रसाद सुवेदी, किरणबाबु श्रेष्ठ, गोमादेवी तिमिल्सिना, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त भट्ट, राजेन्द्रलक्ष्मी गैरे, जगप्रसाद शर्मा र दुर्गा गुरुङले भाग लिनुभयो ।

उहाँहरूले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको विकास, व्यापार घाटा न्यूनीकरण तथा किसानका समस्या समाधान गरी उत्पादन वृद्धिको योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै