२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा लुइँटेल

१६ असार २०८२, सोमबार १२:४७
काठमाडौं ।  राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ । यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता सङ्गठन हो । कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपीन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई चयन हुनुभएको छ ।
साथै कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित हुनुभए निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले जानकारी दिनुभयो । उहाँहरुलाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले हार्दिक बधाइ तथा शुभकामना दिनुभयो ।
मुलुकभरका १२० भन्दाबढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा सुशिला मल्ललाई सल्लाहकारमा चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रुपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै