2026-08-23 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानडाद्वारा अमेरिकी प्रविधि फर्महरूमाथिको कर लगाउने घोषणा फिर्ता

अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने करहरू क्यानडाले फिर्ता लिने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरेका कर वृद्धिको वदलामा अमेरिकी कम्पनीहरू अल्फाबेट र अमेजनमाथि कर लगाउने क्यानडाको घोषणाले दुई देशबीचको व्यापार वार्ता रद्द गरेर प्रतिकार गर्न उत्प्रेरित गरेको थियो ।

गत वर्ष लागू गरिएको डिजिटल सेवा करले अल्फाबेट र अमेजनजस्ता अमेरिकी सेवा प्रदायकहरूले सोमबारसम्ममा क्यानडामा अर्बौं डलरको भुक्तानी गर्नुपरेको विश्लेषकहरूले बताएका छन्।

वासिङ्टनले यसअघि करको विषयमा विवाद समाधान गर्न वार्ताको लागि अनुरोध गरेको थियो तर शुक्रबार राष्ट्रपति ट्रम्पले करको बदलामा ओटावासँगको व्यापार वार्ता अन्त्य गर्न लागेको बताउनुभएको थियो ।

क्यानडाले आफ्नो नयाँ करवृद्धि दर यसै हप्ताभित्र थाहा पाउने चेतावनी पनि उहाँले दिनुभएको थियो ।

ओटावाले यो करसम्बन्धी घोषणालाई आइतबार खारेज गरेको छ, जुन पाँच वर्षमा ५९ अर्ब क्यानडेली डलर (करिब ४२ अर्ब अमेरिकी डलर) ल्याउने अनुमान गरिएको थियो।

संयुक्त राज्य अमेरिकासँग व्यापक पारस्परिक लाभप्रद व्यापार व्यवस्थाको प्रत्याशामा क्यानडाले डिजिटल सेवा कर (डीएसटी) खारेज गर्ने घोषणा क्यानडाका अर्थमन्त्री फ्राँस्वाँ फिलिप स्याम्पेनले गर्नुभएको छ ।

ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सन् २०२५ को जुलाई २१ सम्ममा सम्झौतामा सहमति जनाउने उद्देश्यले वार्ता पुनः सुरु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

यसबारे ह्वाइट हाउस वा अमेरिकी राष्ट्रपति ट्रम्पको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले शुक्रबार सीएनबीसीसँग को कुराकानीमा कार्नी सरकारले ‘सद्भावना सङ्केतको रूपमा’ कर रोक्ने आशा वासिङ्टनले गरेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले अन्य देशमाथि लगाएको करबाट क्यानडालाई केही हदसम्म जोगाइएको तर उसले छुट्टै कर नीतिको सामना गरिरहेको बताउनुभयो ।

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा पनि भारी कर लगाउनुभएको थियो ।

क्यानाडा संयुक्त राज्य अमेरिकालाई विदेशी इस्पात र आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

गत हप्ता कार्नीले यदि ३० दिनभित्र द्विपक्षीय व्यापार सम्झौता हुन नसकेमा ओटावाले अमेरिकी स्टील र आल्मुनियममा आफ्नो २५ प्रतिशत प्रतिशोधात्मक कर वृद्धि गरी अमेरिकी धातुमा कर दोब्बर गरी ५० प्रतिशत पु¥याइने बताउनुभएको थियो ।

कार्नीले शुक्रबार भन्नुभएको थियो, “हामी क्यानेडियालीहरूको सर्वोत्तम हितमा यी जटिल वार्ताहरू जारी राख्नेछौं।”

यसअघि उहाँले वार्तामा ’अमेरिकासँगको व्यापारिक सम्बन्धलाई स्थिर बनाउने’ र ’क्यानडेली कम्पनीहरूका लागि अमेरिकी बजारमा तयार पहुँच’ र ’बाँकी विश्वसँग हाम्रो लेनदेनको सन्दर्भमा हाम्रो हात नबाँध्ने’ बताएका थिए।

वार्तामा ‘अमेरिकासँगको व्यापारिक सम्बन्धलाई स्थिर बनाउने’ र ‘क्यानडेली कम्पनीहरूका लागि अमेरिकी बजारमा पहुँच तयार ’ र ’बाँकी विश्वसँग उनीहरूकोे लेनदेनको सन्दर्भमा हात नबाँध्ने’ उनीहरूले बताएका थिए ।

कार्नी र ट्रम्पबीच यसै महिनाको सुरुमा क्यानडामा भएको जी–सेभेन शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको थियो । शिखर सम्मेलनका नेताहरूले ट्रम्पलाई दण्डित व्यापार युद्धबाट पछि हट्न दबाब दिएका थिए।

दर्जनौँ देशले हालको १० प्रतिशतबाट बढेका अमेरिकी कर वृद्धिका लागि ेजुलाई ९ को समयसीमा तोकेका छन् ।

समयसीमा अगावै उनीहरूबीच सफलतापूर्वक सम्झौता हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी नै छ ।

वासिङ्टनले सेप्टेम्बरसम्ममा व्यापार सम्झौताका लागि आफ्नो कार्यसूची पूरा गर्न सक्ने बताउँदै थप सम्झौताहरू सम्पन्न हुन सक्ने सङ्केत बेसेन्टले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो