२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी

१७ असार २०८२, मंगलवार १६:०३

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गर्नुभएको छ ।

विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले बजेट सन्तुलित नभएको टिप्पणी गर्नुभयो । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उहाँको आरोप छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिनुभयो । साथै उहाँले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाउनुभयो ।

विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि छलफलमा जारी छ ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ भन्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै