२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिरहेको छः गृहमन्त्री लेखक

१७ असार २०८२, मंगलवार १७:१५

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सदस्यहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षा निकायहरुको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा जवाफ दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून स्रोत र साधनमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

“हामीले आर्थिक वर्ष २०८२÷८३ का लागि उपलब्ध बजेटको सीमाभित्र रहेर केही पूर्वाधार विकासका लागि प्रस्ताव गरेका छौँ, साथै यी निकायहरुको पूर्वाधार विकासमा तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी रु ४० करोड विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो ।

देशभरबाट अस्थायी प्रहरी चौकी राख्ने, अस्थायीलाई स्थायी गर्ने, स्थायीलाई स्तरोन्नति गर्ने, इलाका प्रशासनहरु राख्नुपर्नेलगायत माग आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले यी कार्यहरु मन्त्रालयको प्राथमिकताका विषय भएको बताउनुभयो । तर यी कामहरुबाट राज्यलाई थप व्ययभार पर्ने हुँदा त्यो हुन नसकिरहेको उहाँको भनाइ थियो । मागहरु क्रमशः सम्बोधन गर्दै जाने मन्त्रालयको नीति रहेको उहाँले बताउनुभयो ।

सुरक्षा निकायको सरुवा, बढुवा तथा व्यावसायिक बनाउने विषय दुवै सुरक्षा निकायका विधेयकहरु प्रतिनिधिसभाको सुशासन समितिमा छलफलका क्रममा गृहमन्त्री लेखकले जानकारी दिनुभयो । पश्चिम नेपालका डोटी, बझाङ र जाजरकोट केन्द्र विन्दु भई गएका भूकम्पबाट भएको जनधनको क्षतिको राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

“यस विषयमा सरकार संवेदनशील छ, भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनको कार्य अगाडि बढेको छ । हालसम्म पश्चिम नेपाल भूकम्पबाट प्रभावित जिल्लाका ७७ हजार ५२८ घरधुरीको विस्तृत क्षति आकलन सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि हालसम्म जाजरकोटमा रु एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु सात करोड, बाजुरामा रु १० करोड ५० लाख, बझाङमा रु २३ करोड ५० लाख र अन्य विपद् प्रभावित जिल्लामा समेत गरी जम्मा रु तीन अर्ब ९५ करोड ६५ लाख उपलब्ध गराइएको उहाँले सदनलाई जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले प्रत्येक स्थानीय तहमा विपद् सामग्री भण्डारण गर्ने गरी गोदाम घरको अवधारणालाई अगाडि बढाएको बताउनुभयो । यसका लागि आवश्यक विपद् सामग्री व्यवस्थापन गर्न प्रदेश सरकार र स्थानीय तहबाट पनि सहयोग हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “प्रदेशस्तरमा स्थापित गोदामघरहरू प्रदेश सरकारमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

कारागारमा कैदीबन्दीहरुलाई सुरक्षित राख्न आवश्यक सेवासुविधा वृद्धि गरी न्यूनतम मानव अधिकारको संरक्षण गर्न सरकार संवेदनशील रहेको उहाँको भनाइ थियो । कारागारलाई सुधारगृहमा रुपान्तरण गर्न सीपमूलक तालिम, उद्यमका लागि सहयोगी वातावरण र मनोसामाजिक परामर्श उपलब्ध गराइने तथा खुला कारागारको अवधारणाअनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यममा रोजगारीसँग आबद्ध गरिनेगरी बजेट विनियोजन गरिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै