2026-11-02 05:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित

2026-11-02

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा काठमाडौँले सुरुवातमै डेभिड वार्नर (१६) र स्मित पटेल (९) को विकेट गुमाएको थियो । त्यसपछि राशिद खान र कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिततर्फ अघि बढाए । राशिदले ३३ बलमा ५० रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाए । त्यस्तै जहान्दाद खानले १० बलमा अविजित २२ तथा सन्तोष यादवले ३ बलमा अविजित ५ रन बनाए । कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, हुसेन तलत, भिम शार्की र अरिफुल इस्लामले समान १ विकेट लिए । यससँगै काठमाडौँले कर्णालीलाई हराउँदै प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ता गरेको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले सुरुवाती ६ ओभरमा ६५ रन बनाउँदै आक्रामक सुरुवात गरेको थियो । ओपनर अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै हुसेन तलतले ३० बलमा ४०, पवन सर्राफले २४ बलमा अविजित ३० तथा गुलशन झाले १२ बलमा २० रन जोडे । मार्क वाटले २० बलमा १७ र कप्तान सोमपाल कामीले अविजित १ रन बनाए । काठमाडौँका कप्तान करण केसीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै शाहाब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग