
काठमाडौँ | नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आज निर्वाचन आयोगमा आज अध्यावधिक गरिएको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । सो सँगै नेपाली कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज ,समसामयिक राजनीतिक दस्तावेज, महाधिवेशनको निर्णय बुझाए ।