Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मूल्य आज पनि बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई हजार चारसय रुपैयाँ बढेको थियो।मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।