२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हतियारसँग खेल्ने विधेयक हो प्रहरीको, लापरवाही हुँदैन’ भनेर कसरी विश्वास गर्ने

१८ असार २०८२, बुधबार १४:३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको गडबडीमा राज्यव्यवस्था समितिको सभापतिदेखि सभामुखसम्म छानबिन गर्नुपर्ने माग गरेको छ ।

साथै कुलिङ पिरियडको व्यवस्थामा भएको फेरबदल सच्याउन संघीय संसदलाई पत्राचार गर्नुपर्ने माग पनि माओवादीले राखेको छ । आज बसेको राज्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडको विषयमा भएको गडबडीमा छानबिनको माग गरेका हुन् ।

उनले समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई नैतिकता प्रदर्शन गर्न सुझाव समेत दिए । ‘नैतिकता मान्ने कुरा होइन, अनुभव गर्ने कुरा हो, देखाउने कुरा हो,’ उनले भने ।

समितिका सभापतिले यो गलत कार्यमा कोको मान्छे संलग्न थिए भनेर भन्नुपर्ने उनले बताए । उनले समितिले सर्वसम्मतिले पास गरेको विधेयकमाथि हेरफेर गरेर सार्वभौम संसदलाई हेपिएको टिप्पणी गरे । उनले सरकारले पनि संसदलाई हेपिरहेको आरोप लगाए ।

निजामती सेवा विधेयकमा भएको गडबडीले गर्दा अरु विधेयक कसरी अघि बढाउने भनेर पनि प्रश्न गरे । ‘यस्तै भयो भने प्रहरी विधेयक कसरी अघि बढाउने, त्यो त हतियारसँग खेल्ने विषय हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै