२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी केन्द्र

१८ असार २०८२, बुधबार १५:०२

काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाउन सरकारसँग आग्रह गरेको छ ।

माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई नेपाल शिक्षक संघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेको हो । ‘नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरूहरू बीचको अन्तरविरोध बाहिर देखिनु सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ,’ प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौँ ।’

सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो । सहमतिअनुसार विधेयक पारित नहुनुलाई प्रतिपक्षी माओवादी केन्द्रले दुःखद भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै