२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताए

१८ असार २०८२, बुधबार १७:०७

काठमाडौँ | कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन्।

बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए।

उनले भने, ‘अगामी आर्थिक वर्षमा मलआयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ। अगामी आर्थिक वर्षको मल आपुर्ती तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ।’

यस्तै, उनले उन्नत बिउविजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन्।

स्वदेशी र स्थानीय बिउको प्रवद्र्धनका लागि एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै